भिजिट भिसा प्रकरण: काठमाडौंबाट चार महिनामा २०० भारतीयको शंकास्पद उडान – GyanNepal
×
  • 🏠 Home
  • 📰 News
  • 💼 Business
  • 🎬 Entertainment
  • ⚽ Sports
  • ❤️ Health

भिजिट भिसा प्रकरण: काठमाडौंबाट चार महिनामा २०० भारतीयको शंकास्पद उडान

    मा प्रकाशित

१८ माघ, काठमाडौं । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ काङ्गा गाउँका पूर्णबहादुर घर्ती (९०) पहिले आलु मनग्य फलाउँथे । एक सिजन फलाएको आलु अर्को सिजन सुरु हुने बेलासम्म रहन्थ्यो । तर केही वर्षयता पहिले जस्तो आलु फल्न छाड्यो । उनका भनाइमा ‘भोटे झार (कतैकतै ज्वाने झार पनि भनिने) ले आलु उत्पादन करिब आधाले घटाएको छ ।’

‘यो झार आलुबारीमा छपक्कै फैलिएर मल खाइदिन्छ । जमिन पनि रुखो बनाउँछ’ आलु नफल्नुको कारण सुनाउँदै घर्ती भन्छन्, ‘यो झारले गर्दा आलु उत्पादन आधै कम भयो ।’

काङ्गा गाउँ समुद्री सतहदेखि २,८५० मिटर उचाइमा पर्दछ । यो गाउँको मुख्य उत्पादन आलु हो । तर, आलु नै फल्न छाडेपछि त्यहाँका किसानहरू विकल्पको खोजीमा छन् । ‘आलुको दाना सानो हुन्छ, फल पनि कम लाग्छ । त्यसैले मैले यो वर्ष मकै रोपें’, भारतीय सेनाका पूर्वजागिरे समेत रहेका घर्तीले भने ।

कान्छा छोरा थमप्रसाद घर्ती (३८) ढोरपाटन नगरपालिका वडा नम्बर ९ को सचिव छन् । २०७५ सालदेखि सो वडामा पदस्थापन भएका थमप्रसाद पनि स्थानीयलाई ‘भोटे झार’ ले दिनुसम्म हैरानी दिएको सुनाउँछन् । ‘गाउँका किसान भोटे झारले दुःख दियो भन्नुहुन्छ’ वडा सचिव घर्ती भन्छन्, ‘तर त्यसलाई नियन्त्रण गर्ने उपाय हामीसँग छैन ।’

ढोरपाटन नगरपालिका–९ कै स्यालापाखे गाउँका गणेश विक (३१) ढोरपाटन शिकार आरक्षका कर्मचारी हुन् । उनको परिवारको मुख्य पेशा कृषि हो । चार पुस्तादेखि स्यालापाखे गाउँमा बस्दै आएको बताउने विक पनि ‘भोटे झार’ को मार खेपिरहेका कृषक हुन् । ‘पहिलेको तुलनामा आलु उत्पादन धेरै नै घटेको छ । मलाई लाग्छ ३०/४० प्रतिशत नै घटेको होला’, विक भन्छन् ।

पर्वतमा देखियो ‘ज्वाने झार’

पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटका केशबहादुर रेग्मी ‘ज्वाने झार’ को प्रकोपबाट पीडित छन् । दुई कार्यकाल स्थानीय सामुदायिक वनको अध्यक्ष बनिसकेका रेग्मी अहिलेसम्म ज्वाने झार नष्ट गर्ने कुनै उपाय आफूले नभेटेको बताउँछन् ।

‘सुरुमा यो अलि तल पदमचौर भन्ने ठाउँमा देखियो । ६–७ वर्षयता खुर्कोटमै देखिएको छ’ रेग्मी भन्छन्, ‘जति उखेल्यो, उति फैलिन्छ । जे बाली लगाए पनि यसले सर्लक्कै खाइदिन्छ ।’

यो झारको प्रकोप विस्तारै विस्तारै गाउँघरहरूमा फैलिरहेको उनको भनाइ छ । रेग्मीको बुझाइमा यसको असर हिउँदे बालीमा बढी छ । धान काटिसकेपछि लगाउने हिउँदे फसललाई यसले हानि गरिरहेको छ ।

‘हिउँदे फसललाई चिस्यान नभई हुँदैन तर चिस्यान पाउनासाथ ज्वाने झारको वृद्धिदर उकालो लाग्छ’ उनी भन्छन्, ‘यसले असाध्यै सतायो हामीलाई ।’ रेग्मीका भनाइमा अहिले ज्वाने झार सँगसँगै निलो गन्धे झारले पनि पर्वतका किसानलाई सताउन थालेको छ ।

प्रतिक्रिया